गजल : सरु आस्था

गजल : सरु आस्था

कपन अनलाइन

काठमाण्डौ ,असार २२।

कति चोट दिन्छौ दैव सोझो रुख छानीछानी
दुखीको मन कोमल हुन्छ भन्ने कुरा जानीजानी

पूरा हुने होला कहिले सपनाको सार मेरो
आँसु मात्र बाँकी हुन्छ हाँसो दैब लान्छौ तानी

वसन्तको फूल पनि ओइलाएर झर्नुपर्ने
फुलाएर झार्छ दैव आफैँले नै हानीहानी

कुडिएका आशाहरू विछिप्त यो बगरमा
हिमपात तुषारोले खाँदोरैछ जिन्दगानी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।