याद राख्नुस : सुरेश शाँ (कोलकत्ता, भारत)

याद राख्नुस : सुरेश शाँ (कोलकत्ता, भारत)

कपन अनलाइन

काठमाण्डौ,असार २२।

मैले न जिताएँ तपाईंलाई
न हराएँ तपाईलाई

मैले त बस
गने तपाईंलाई
चुने तपाईंलाई

याद राख्नुहोला राज्यको
देशको, सहरको, गाउँको
दीनको, हीनको
ऋणी र खिन्नको

याद राख्नुहोला
अवर्णको, सवर्णको,
कर्म र चर्मको

भिन्न वर्णको
भिन्न धर्मको
याद राख्नु होला
तप्तको नम्रको

आफ्नो सरमको पनि

(अनुवादः मञ्जुश्री प्रधान के .सी. ‘रानु’ )

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।