मेरी आमा : अञ्जु चालिसे (कविता )

मेरी आमा : अञ्जु चालिसे (कविता )

कपन अनलाइन

काठमाण्डौ,असार १५।

वातावरणमा चिसो बढी रहेको छ
ससुरा बालÞाई तातो चिया चाहियेको छ
सासुआमाको घुँडाको दुखाई बढ्दो छ
देवरको लुगा मैलो छ,
भोलि कार्यालय समयमा पुग्नु छ
नन्दको स्कुलमा खाजा पनि त पठाऊन बाँकी नै छ,
मेरी आमा सारै चटारोमा छन
ताउमा उफ्रेको फुरौला जस्ती मेरी आमा
चारैतिर सबैको सेवामा रात दिन तत्पर
न दुखःको अनुभव, न खुशीको लोभ
न सहयोगको आशा,
न त थकाई को गुनासो
चुलोमा पकाउन राखेको,
बासमती चामलको भात जस्ती मेरी आमा
अंगेनामा बलेको आगोको रापमा जल्दै
मधुर,मृदुल सुगन्ध छर्दै
आफैमा भित्रभित्रै छड्की रहेकी
तरपनि माड बनेर बाहिर न उम्लेकी मेरी आमा
निरन्तर कर्तब व्यपरायण
हँसिली रसिली
अस्वस्थता र थकाईमा पनि कर्तव्य न छोड्ने
कहिँ कतै आँसु न बगाउने, गुनासो न गर्ने मेरी आमा
धागोमा उनेको फूलको माला जस्तै
नयाँ पुराना याद र सपनाहरुलाई संगाली, समेटी
परिवारलाई जोडी राख्ने मेरी आमा
कति चाडै बिलÞाई गयौ अनन्तमा मेरी आमा
माला तोडी, सपना बनी
छोडी गायौ मेरी आमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।