चार मुक्तक : नवशिला

चार मुक्तक : नवशिला

कपन अनलाइन

काठमाण्डौ,असार १५।

काक्रा रोप बोडी रोप जे रोपेनी फल्छ
खेती गर भैसी पाल मज्जाले घर चल्छ
नमान लाज श्रम भिजाइ कर्म गर्नलाई,
यतिभए सबको घरमा बल्छ चुल्हो बल्छ ।१।

हेर्दैछु म उत्तरतिर त्यो हिमाल हेर्दैछु
रारा र फेवा कमल फुल्ने ताल हेर्दैछु
सौन्दर्यको खानी आहा हाम्रो मातृमूमि,
संसारको नै अग्लो देश म नेपाल हेर्दैछु ।२।

थाहै पाईन के के गरि के के गरि उसले
मेरो मन मुटु अनि यो दिल हरि उसले
हृदय नै चोरी उसले यौवन देखाएर,
अगालोमा बेरि मलाई माया भरि उसले ।३।

मुटु भन्नु पनि मेरो माटो नै होनि साथी
धर्ती हैन जीवनको पाटोनै होनि साथी
जहाँ पुगे पनि मैले मेरै मातृभूमी सम्झे,
गन्तव्यमा पुग्ने यहि बाटो नै होनि साथी ।४।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।