सुमन पौडेलको ‘पानी खोलीमा’ लोकगीत सार्वजनिक (भिडियो सहित )

सुमन पौडेलको ‘पानी खोलीमा’ लोकगीत सार्वजनिक (भिडियो सहित )

कपन अनलाइन

काठमाण्डौ ,असार १३।

सुमन पौडेल र रुविना अधिकारी अभिनयमा रहेको ‘पानी खोलीमा’ लोक गीतको भिडियो सार्वजनिक भएको छ।

चर्चित गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको स्वरमा रहेको गीत र भिडियो एक हप्ता अगाडी काठमाडौंमा भएको एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

मनोहर भण्डारीको शब्द संगीतमा रहेको उक्त गीतलाई सुमन पौडेलको आधिकारिक अफिसियल युट्यूब च्यानल ‘एस पि क्रियसनमा’ हेर्न सकिने गरि सार्वजनिक गरिएको छ । गीतको कोरियोग्राफर प्रशान्त मगरले गरेका छन् भने निर्देशन संगीतकार मनोहर भण्डारीले गरेका छन् ।

तारंगा डिजिटल स्टुडियोमा रेकर्डिङ भएको उक्त गीतको भिडियोमा सिनेमेटोग्राफर अजय रेग्मी ,सम्पादन अमृत ​​चापागाई र मिक्स मास्टरिङजय देवकोटाको रहेको छ।

‘पानी खोलीमा’ वोलको लोक गीत समय सान्र्दभिक सामाजिक परिवेशमा आधारित रहेर निमार्ण गरिएको संगीतकार मनोहर भण्डारीले बताएका छन् ।

गीतको लयशब्दले सबै भित्रको जन्मजात सुपरस्टारलाई जोड दिएको छ । गीतलाई दर्शक श्रोताले मन पराउनेमा मोडल सुमन पौडेल विश्वस्त छन् ।

हेर्नुहोस् गितको पूरा भिडियो……

तपाइँको प्रतिक्रिया ।