बुढानीलकण्ठ नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा लागु

बुढानीलकण्ठ नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा लागु

कपन अनलाइन

काठमाण्डौ ,असार १२।

बुढानीलकण्ठ नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा भएको छ ।

असार १० गते नगरपालिका सभाहलमा एक विशेष समारोह विच बागमती प्रदेश सभा सदस्य  जयराम थापा र   मिना पराजुली,, नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, नगरपालिका सम्पुर्ण वडा अध्यक्ष, सदस्य, निवर्तमान नगर प्रमुख उद्दव प्रसाद खरेल, निवर्तमान उपप्रमुख रमा देवी राई, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल, सम्पुर्ण महाशाखा/शाखा प्रमुख, कर्मचारी, प्रधानाध्यापक, शिक्षक एवं सम्पुर्ण राजनितिक दलका नगर सभापतिहरुको उपस्थितिमा सो घोषणा गरीएको हो ।

घोषणा पत्रको पूर्ण पाठः

आ.व. २०८०/८१ मा बुढानीलकण्ठ नगरपालिकाले सबै टोल सुधार समिति र १३ ओटै वडाका क्षेत्रभित्र गरिएको घरधुरी सर्वेक्षणमा ४ वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका २१४ जना बालबालिकाहरू विद्यालय बाहिर रहेको पहिचान भएकोमा सामुदायिक सिकाइ केन्द्र, विद्यालय, वडा समिति, नगरशिक्षा समिति तथा सामाजिक विकास समितिको संयुक्त प्रयासबाट ती सबै बालबालिकाहरूलाई पायक पर्ने विद्यालयमा भर्ना गरी सबै सामुदायिक विद्यालयहरूले आआफ्नो सेवाक्षेत्रभित्र अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित गरिएको घोषणा गर्ने कार्यक्रम सम्पन्न भई सकेको सन्दर्भमा बुढानीलकण्ठ नगरशिक्षा समितिको मिति २०८१ अषाढ १० गते दिउँसो १.०० बजे बसेको बैठकको निर्णयानुसार मिति २०८१ अषाढ १० गतेदेखि लागु हुनेगरी बुढानीलकण्ठ नगरपालिका हात्तीगौंडा, काठमाडौँलाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गर्छु।

 

 

तपाइँको प्रतिक्रिया ।