गणेश मावि एसएलसी ब्याच २०६४ ले शिक्षक तथा शिक्षिका सम्मान गर्ने

गणेश मावि एसएलसी ब्याच २०६४ ले शिक्षक तथा शिक्षिका सम्मान गर्ने

कपन अनलाइन

काठमाण्डौ ,असार १३।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको  गणेश मावि एसएलसी ब्याच २०६४ ले शिक्षक तथा शिक्षिका सम्मान गर्ने भएको छ।

असार १५ गते बिहान ८ बजे देखि ११ बजे सम्म विद्यालय प्रांगणमा हुने विशेष कार्यक्रममा सो विद्यालयमा सेवारत रहेका र सेवा पुर्याएका विभिन्न शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ।

वि.सं. २०१८ साल फाल्गुन महिनामा गणेश मन्दिरको चौतारीमा शुरु भएको सो विद्यालयमा  उच्च मावि तथा क्याम्पस तहका कक्षाहरु संचालन हुदै आएका छन।

तपाइँको प्रतिक्रिया ।