धनुषामा बस दुर्घटना २ को मृत्यू, २४ जनाभन्दा बढी घाइते

सोमवार, २०६९ जेष्ठ २१ गते ०८:५४जनकपुर, २२ जेठ । धनुषामा गएराति बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने  २४ जनाभन्दा बढी घाइते भएका छन् । धनुषाको यज्ञभूमी गाविस वडा नं. ९ मा पर्ने भिमान चोकमा दुर्घटना भएको हो । इलामबाट काठमाण्डौ जाने क्रममा ना २ ख ७८९२ नम्बरको बस गएराति करिब ११ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गतको भिमान चोकमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा परी दुई महिलाको ज्यान गएको हो भने एक दर्जन चिन्ताजनक अवस्थामा छन् । पहिचान हुन नसकेको एक महिलाको घटनास्थलमै तथा झापा बस्ने दिलमाया लामाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ  । थप उपचारको लागि घाईतेहरु मध्ये ७ जनालाई काठमाण्डौं तथा ५ जनालाई धरान पठाईएको छ भने अन्यको जनकपुर अञ्चल अस्पतालमै उपचार भईरहेको छ  ।

तपाइँको प्रतिक्रिया ।