बृहद मोर्चाका नेताहरुसँग भेट जारी, काङ्ग्रेसका पूर्व सभासदहरुले राष्ट्रपतिलाई भेट्दै

विघटित संविधानसभालाई प्रक्रिया पु¥याएर ब्यूँताउनुपर्नेमा जोड दिदै आएका नेपाली काङ्ग्रेसका पूवसभासदहरुले आज राष्ट्रपति डा रामबरण यादवसँग भेट गर्दैछन् । अहिले केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सुरु हुने भेटमा काङ्ग्रेसका पूर्व सभासदहरुले अन्तरिम संविधानमा ब्यबस्था भए अनुसार विघटित संविधानसभालाई ब्यूँउताउन आग्रह गर्ने बताइएको छ । यद्यपी संविधानसभा ब्यूँउताउनेबारेमा राष्ट्रपतिसँग छलफल गर्ने वा नगर्नेभन्नेमा काङ्ग्रेसका पूर्व सभासदहरु विभाजित भएको स्रोतले जनाएको छ । असन्तुष्ट पूर्वसभासद भने राष्ट्रपतिसँगको भेटमा नजाने बताइएकोछ । काङ्ग्रेसका पूर्व सभासदहरुले संविधानसभालाई ब्यूँताउनुपर्ने भन्दै हस्ताक्षर अभियान सञ्चालन गरेका छन् । काङग्रेस पूर्व सभासदहरुले आज अन्य बिभिन्न दलका पूर्व सभासदहरुसँग पनि छलफल गर्दैछन् ।
यसैबीच बृहत मधेसी मोर्चामा आवद्व दलका नेताहरुले अहिले राष्ट्रपति डा रामबरण यादवसँग भेट गरिरहेका छन् । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी मोर्चामा आवद्व दलका नेताहरुले प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजिनामा नदिए अपनाउन सकिने प्रक्रियाको बारेमा कुराकानी भइरहेको बुझिएको छ । छलफल राष्ट्रपति भवन शीतलनिवासमा भइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।