सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल : भ्याली पब्लिक सेमिफाइनलमा

सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल : भ्याली पब्लिक सेमिफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,असार ७।

भ्याली पब्लिक ‘ए’ सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सेमिफाइनलमा प्रवेश गरेको छ ।
मनमैजुस्थित आयोजक एन्जल्स हार्टको कोर्टमा भ्याली पब्लिक ‘ए’ ले जेबी स्कुलाई ४०–२२ ले पराजित   ग¥यो । भ्याली पब्लिक ‘ए’ की लोरिशा गौचनले २० अंक जोडिन् ।
सिनियर गल्र्समै ग्रिनल्यान्डले एन्जल्स हार्टलाई २७–१७ तथा टीआईएले हिरश्मिलाई २४–१८ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । ग्रिनल्यान्डकी न्यादिका गुरुङले १२ तथा टीआईएकी एन्जिला शाहीले ७ स्कोर गरे । त्यस्तै भ्याली पब्लिक ‘बी’ ले लालीगुराँस नेसनल एकेडेमीलाई २५–१८ ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे । विजेताकी अनिता गौचनले ७ अंक जोडिन् ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले गोल्डेनपिकलाई २३–९ तथा ग्रिनफिल्डले लालीगुराँसलाई २२–१८ ले पन्छ्याउदै क्वाटरफाइनल यात्रा तय गरे । एन्जल्स हार्टका रुपेश पौडेलले ९ तथा ग्रिनफिल्डका दीपेश तामाङले १० स्कोर गरे ।

तपाइँको प्रतिक्रिया ।