नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको सपथ ग्रहण सम्पन्न, को को बने ११ पालिका इन्चार्ज ?

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको सपथ ग्रहण सम्पन्न, को को बने ११ पालिका इन्चार्ज ?

कपन अनलाइन

काठमाण्डौ ,असार ७।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

नयाँबस्तीमा रहेको ड्रिम हाउस ब्यान्केटमा भएको सपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका विभिन्न नेता जिल्ला कमिटी सदस्यहरु, पालिका तथा वडा अध्यक्षहरु सहित जिल्ला अधिवेसन प्रतिनिधिहरुको  उपस्थिति रहेको थियो।

नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलको प्रमुख आतिथ्यता र पोलिटब्युरो सदस्य तथा  नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी इन्चार्ज आनन्द पोखरेलको   अध्यक्षतामा भएको सो सपथ ग्रहण कार्यक्रम पश्चात काठमाण्डौका ११ पालिकाको पार्टी कामलाई व्यवस्थित गर्नका लागि इन्चार्जहरु समेत तोकिएको थियो।

को को बने नगर इन्चार्ज ?

१. काठमाण्डौ महानगरपालिका : विभोरलाल श्रेष्ठ

२.शंखरापुर नगरपालिका : कृष्ण बजगाई

३.कागेश्वरी मनोहरा नगरपालिका : कुन्दन खड्का

४. गोकर्णेश्वर नगरपालिका : कमल रेग्मी

५. बुढानिलकण्ठ नगरपालिका : किरण शाह ठकुरी

६. टोखा नगरपालिका :तिलक सुनुवार

७.तारकेश्वर नगरपालिका : विवेक देवकोटा

८.नागार्जुन नगरपालिका : करुण बलामी

९.चन्द्रागिरी नगरपालिका : दिपक पनेरु

१०.किर्तिपुर नगरपालिका : केशरत्न बज्राचार्य

११. दक्षिणकाली नगरपालिका : राजेश परियार

तपाइँको प्रतिक्रिया ।