नगरकापालिका विरुद्ध खनिने नेपाली कांग्रेसको बुढानिलकण्ठको तयारी,सत्तारुढ दलहरुको पनि साथ

नगरकापालिका विरुद्ध खनिने नेपाली कांग्रेसको बुढानिलकण्ठको तयारी,सत्तारुढ दलहरुको पनि साथ

कपन अनलाइन

काठमाण्डौ,असार ७।

बुढानिलकण्ठ नगरपालिकामा विभिन्न गलत गतिविधिहरु भैरहेको भन्दै त्यसका विरुद्ध शशक्त कदम चाल्ने तयारी गरेको नेपाली कांग्रेस बुढानिलकण्ठले जानकारी दिएको छ।

असार ७ गते नेपाली कांग्रेस बुढानिलकण्ठको कार्यालय सुन्दरबस्तीमा नगरका विपक्षी र सत्तारुढ दलहरुको संयुक्त बैठकको आयोजना गर्दै नगरपालिकाका वारेमा महालेखा परीक्षकको कार्यालयले दिएको प्रतिवेदन र अन्य गतिविधिहरुका वारेमा शशक्त खबरदारी गर्ने निर्णय गरिएको नेपाली कांग्रेस बुढानिलकण्ठका सभापति राजाराम बुढाथोकीले जानकारी दिएका छन ।

हाल रास्ट्रीय सरकारमा गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र ,रास्ट्रीय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका प्रतिनिधिहरु सहित विपक्षी दल नेपाली कांग्रेस र रास्ट्रीय प्रजातन्त्र पार्टीको सहभागिता रहेको सो बैठकले चाडै नै नगरपालिकालाई खबरदारी र सचेत गराउने निर्णय गरेको थियो।

सो संयुक्त बैठकमा नेपाली कांग्रेसका नगर सभापति राजाराम बुढाथोकी, नेकपा माओवादी केन्द्रका अध्यक्ष भाइ नारायण श्रेष्ठ , रास्ट्रीय स्वतन्त्र पार्टीका नगर सभापति निमा लामा,नेकपा एसका नगर अध्यक्ष निरन्जन नेपाल, राप्रपाका नगर अध्यक्ष कमल श्रेष्ठ, नेपाली कांग्रेसका नगर सचिव बिजेन्द्र श्रेष्ठ र बिजेन्द्र पुडासैनी लगायतको उपस्थिति रहेको थियो।

बुढानिलकण्ठमा कृयाशील राजनीतिक दलहरु मध्ये नेकपा एमाले बाहेक सबै दलहरुले नगरपालिकाका विरुद्ध विभिन्न मुद्दा सहित खबरदारी गर्ने संयुक्त निर्णय गर संगै राजनीतिक माहोल निकै तरंगित बनेको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।