रग्बीमा कर्णाली अब्बल

रग्बीमा कर्णाली अब्बल

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३२ ।

कर्णालीले प्रथम यु–१५ विद्यालय खेलकुदको रग्बीमा बिहीबार दोहोरो उपाधि जितेको छ । कर्णाली छात्र/छात्रा दुवैमा पहिलो भयो ।
पोखरा रंगशालामा भएको छात्र फाइनलमा कर्णालीले कोशीलाई १–० ले पराजित ग¥यो । मधेशले तेश्रो स्थानमा चित्त बुझायो ।
छात्राको उपाधि भिडन्तमा कर्णालीले बागमतीलाई हरायो । फाइनलमा दुवैको समान १–१ स्कोर भएपनि बागमतीले बढी नकअन पाएको आधारमा कर्णाली विजयी भएको हो । सुदूरपश्चिम तेश्रो भयो ।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, राखेपका सदस्य राजेश गुरुङ र अञ्जन धमलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको छात्र÷छात्रा दुवैमा समान ७–७ प्रदेशले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।