लुम्बिनी र बाग्मती चेस च्याम्पियन

लुम्बिनी र बाग्मती चेस च्याम्पियन

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३२ ।

प्रथम यु–१५ विद्यालय खेलकुदअन्तर्गत बुद्धिचालको खुलातर्फ टिम इभेन्टको छात्रमा लुम्बिनी तथा छात्रामा बाग्मती पहिलो भएका छन् । लुम्बिनी प्रदेशले सात चरणको खेलमा सत प्रतिशत जित सहित १४ अंक जोड्यो । बाग्मती ११ अंक सहित दोस्रो तथा सुदूरपश्चिम ९ अंक सहित तेस्रो भए । लुम्बिनीको टोलीमा किरण भण्डारी, टोपलाल अधिकारी, सुशान्त अर्याल र आरुष नाग थिए ।
छात्रा तर्फ बाग्मतीले सत प्रतिशत जितसहित पहिलो स्थान हात पा¥यो । बाग्मतीको जीतमा रिया श्रेष्ठको प्रेरणादायी प्रदर्शन सफल भएको थियो । यसै महिना सम्पन्न नवौँ राष्ट्रिय महिला च्याम्पियनसिपमा पाँचौँ स्थान हात पारेकी रियाले यस प्रतियोगितामा सत प्रतिशत स्कोर गरेकी हुन् । लुम्बिनीले चौथो चरणमा बाग्मतीसँग १–३ ले पराजित हुनु बाहेक अन्य खेलमा हार सहन परेको थिएन । बाग्मतीको टोलीमा रियाको अलावा राष्ट्रिय च्याम्पियनसिपको अनुभव बटुली सकेकी श्रीसा दुवाल पनि समावेश थिइन् । अन्य खेलाडीमा एन्जल महर्जन र प्रकृति राई थिए । टोलीको प्रशिक्षण दुई पटकका राष्ट्रिय च्याम्पियन तथा फिडे ट्रेनर केशव श्रेष्ठले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।