नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा सुरेन्द्र लामाको उम्मेद्वारी

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा सुरेन्द्र लामाको उम्मेद्वारी

कपन अनलाइन
काठमाडौं, जेठ २९।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा सुरेन्द्र लामाले  उम्मेद्वारी दिएका छन।

बुढानिलकण्ठ नगरपालिका भूगोल क्लस्टरको १०२ (९ ) मा उम्मेद्वारी दर्ता गराएका थापा लामो समयदेखि नेकपा एमालेको संगठनमा सक्रिय रहेका छन ।

२०७४ र २०७९ सालमा भएको  स्थानीय तहको निर्वाचनमा  बुढानिलकण्ठ नगरपालिका वडा नं १ को अध्यक्षमा निर्वाचित भएका लामा लामो समयदेखि नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेका थिए।

बुढानिलकण्ठ नगरपालिका पूर्वाधार विकास समितीका संयोजक समेत रहेका लामाले साविक चपली गाउँ कमिटी अध्यक्ष ,वडा कमिटी अध्यक्ष सहित नगर कमिटी सदस्यका रुपमा पनि योगदान दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।