नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा देवेन्द्र थापाको उम्मेद्वारी

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा देवेन्द्र थापाको उम्मेद्वारी

कपन अनलाइन
काठमाडौं, जेठ २९।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा देवेन्द्र थापाले  उम्मेद्वारी दिएका छन।

बुढानिलकण्ठ नगरपालिका भूगोल क्लस्टरको १०२ (३ ) मा उम्मेद्वारी दर्ता गराएका थापा लामो समयदेखि नेकपा एमालेको संगठनमा सक्रिय रहेका छन ।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सदस्य तथा वडा नं १२ को इन्चार्ज रहेका थापा लामो समयदेखि नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेर सक्रिय बन्दै आएका छन।

साविक कपन गाविसमा नेकपा एमालेको संगठन  निर्माण र विस्तारको प्रारम्भिक चरण देखि नै संगठित थापा साविक वडा नं १ कमिटीको अध्यक्ष समेत रहेका थिए।

 

तपाइँको प्रतिक्रिया ।