ट्राफिक : ध्रुवराज थापा ‘पुरूष’ (लघुकथा)

ट्राफिक : ध्रुवराज थापा ‘पुरूष’ (लघुकथा)

कपन अनलाइन
काठमाडौं, जेठ २६।
‘तेरो ड्याडी बिजनेस म्यान भनेर खुब धक्कु लाउँथिस् त, हैन पो रहेछ ।’ कक्षा दशमा सँगैै पढ्ने हरिसले रियानलाई होच्यायो । उनीहरू स्कुल बस कुरेर बसेका थिए ।

रियानले जवाफ फर्कायो, ‘तँ बौलाईस् कि के हो ? हाम्रो न्युरोडमा आफ्नै पसल छ ।कसले भन्यो तँलाई यस्तो कुरा ?’
हरिसले निर्धक्क भन्यो, ‘कसले भन्नु नि मेरो आफ्नै आँखाले देखेको ! हिजो शनिवार म मम्मीसँग बजार गएको बेलामा देखेको ! तेरो ड्याडी ट्राफिक हो कि होईन ? ल नढाँटी भन् त !’
यसैबिच सँगै हिडेकी परिनाले हरिसलाई भनिन्, ‘रियानको चाँही होईन बरू तिम्रो बाबा चाँही ट्राफिक प्रहरीको जागीर गर्नुहुँदो रहेछ ! म पनि हिजो बाबासँग घुम्न निस्केको थिएँ तिम्रो बाबा ट्राफिक प्रहरीको पँहेलो ज्याकेट लगाएर गाडीलाई यताबाट उता जान निर्देशन दिँदै हुनुहुन्थ्यो, म स्वयंले देखेको !’
हरिसले प्रतिकार गर्येो, ‘हावा कुरा मेरो बाबा डाक्टर हो भनेर मैले अस्तिनै सबैलाई भनेको होईन बिस्र्याै कि क्या हो ?’
रियानले यथार्थ पहिल्यायो, ‘एँ ल मैले बल्ल कुरो बुझेँ हो उस्को बाबा र मेरो ङ्याडीले हिजो एकदिनको लागि टा«फिकको जागीर खानु भएको रहेछ !’
हरिस र परिना दुबैले आश्चर्य मान्दै सोधे, ‘कसरी ?’
रियानले जवाफ फर्कायो, ‘पक्कै उहाँहरू मापसे कारबाहीमा पर्नु भएछ !’

सहकार्य : क्पान बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।