मेरो जीवन–कर्म हो सपना देख्नु : मोहन दुवाल (कविता )

मेरो जीवन–कर्म हो सपना देख्नु : मोहन दुवाल (कविता )

कपन अनलाइन
काठमाडौं, जेठ २६।
सपना देख्नु मेरो जीवन–कर्म भयो
जीवन बोकेपछि सपना पनि साथसाथ आउने भयो
सपना देखेर नै मान्छे हुने हो
मान्छे भएपछि सपना देखिरहनु पर्छ
सपना सपना नै हो
जीवनकै रूपरङ्ग हो सपना
सपना सँगसँगै जीवन गुजार्न पाउनु नै जीवन हो
जीवनमा सपना नदेख्नेहरूले
सपनाको अर्थ थाहा पाउँदैन ।
म सपनालाई मन पराउँछु
मेरा लागि प्रियसी हुन् सपना
म प्रेम गर्छु सपनालाई
त्यसैले म सधैं सपना देखिरहन्छु ।

सहकार्य : क्पान बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।