वर्षा : त्रिलोचन आचार्य (कविता )

वर्षा : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं, जेठ २६।
ढाक्दै कालो मेघ छ नभमा
लागे तारा गण चिन्तनमा
धर्ती तलमा हर्ष बढायो
शान जगाई वर्षा आयो ।
बोट विरुवा मस्किन लागे
सुख्खा पाखा फुर्कन लागे
खहरे खोला फूर्ति बढाई
होस गरे है भन्छ मलाई ।
हेर छटपटी गर्मी चर्को
सिमेन्ट रडको बास शहरको
खलखल पसिना कस्तो गाह्रो
पल पल आओस् वर्षा प्यारो ।
माया लाग्दा फूलका बोट
खोला खहरे सुक्दा छ चोट
सारा मनका ताप हटाई
वर्षा आयो आस जगाई ।
झिक्दै छ हलो कृषक रमाई
रोपेर मुठी गर्न कमाई
हौसला फेरि बढ्छ असाध्यै
दिव्य भूमिका चढ्छ असाध्यै ।
सिँचेर माटो याम रमायो
शीतल बढ्दा घाम रमायो
झरझर थोपा हरहर भन्छौँ
धर्ती रहन्छ हामी हुन्छौँ ।
सहकार्य : क्पान बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।