नेकपा एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा,५८५ जना प्रतिनिधि छनौट

नेकपा एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा,५८५ जना प्रतिनिधि छनौट

कपन अनलाइन
काठमाडौं, जेठ २४।

नेकपा एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशनको तयारी अन्छतिम चरणमा पुगेको छ। काठमाडौंमा बिहीवार पत्रकार सम्मेलन गर्दै नेकपा  एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले आगामी २६ २७ र २८ गते भृकुटीमण्डपमा अधिवेशन आयोजना गर्न लागेको जानकारी दिए ।

अध्यक्ष निरौलाका अनुसार अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । जेठ २७ गते बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बन्द सत्र हुनेछ । बन्द सत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिसकेको जानकारी उनले दिएका छन् । गरिसक्ने छौं, उनले भने ।

बबरमहलस्थित कार्की ब्याङ्गक्युटमा ५८५ जना प्रतिनिधिहरुको सहभागितामा हुने बन्द सत्रमा पार्टी कामको समीक्षा, राजनैतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्ययोजना रहेको छ ।

प्रतिवेदनमाथि प्रतिनिधिहरुले गहन छलफल गरी आगामी दिनमा पार्टीलाई राष्ट्रिय निणार्यक शक्तिका रुपमा विकसित गर्न काठमाडौमा पार्टी काममा अगाडी बढाउन योजना बनाउने छ ।

यो अधिवेशनले राष्ट्रिय राजनिति र जनसरकारका विषयहरुमा समसामहिक प्रस्तावहरु पारित गर्ने र पार्टी विधानमा ब्यवस्था भए अनुसार अध्यक्ष , उपाध्यक्ष , सचिव , उपसिचवहरु लगायत बढीमा २२५ जनाको जिल्ला कमिटी तथा अध्यक्ष र सचिवसहित बढीमा ७ सदस्य लेखा कमिटी समेत निर्वाचित गर्नेछ ।

तपाइँको प्रतिक्रिया ।