फ्युजन एकेडेमीको विधार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न

फ्युजन एकेडेमीको विधार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न

कपन अनलाइन
काठमाडौं, जेठ २४।

फ्युजन एकेडेमी, बुढानिलकण्ठ-०५ ले विधार्थी अभिमुखिकरण कार्यक्रम – २०८१ भब्यताका साथ सम्पन्न गरेको छ ।

विधार्थीहरुको सर्वाङ्गिन विकासको लागि केही हप्ता अघि मात्र अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको यस स्कुलले विधार्थीहरु स्वयंलाई उत्प्रेरित गरि विधालयमा संस्कार सहितको गुणात्मक शिक्षा प्रदान गरि समग्र विधालयको शैक्षिक उपलब्धिलाई वढाउने उद्देश्यले विधार्थीको लागी एकदिने विधार्थी अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो ।

विधार्थीहरुमा हुनुपर्ने असल गुणहरु, मोबाइल र विधुत्तिय सामाग्रीको बडदो प्रयोग र त्यसको नकारात्मक असर, परिवार, समुदाय र समग्र देश प्रति नै विधार्थीहरुको जिम्मेवारी, खराब ब्यक्ति र कुलतबाट जोगिने उपायहरू लगायतका अन्य विविध विषयहरुमा जानकारी दिन उक्त अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल कृष्ण भण्डारीले जानकारी दिएका छन  ।

सहजकर्ता डाक्टर तारा जी ले सहजीकरण गरेको  उक्त कार्यक्रमको अध्यक्षता विधालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण दुलालले गरेका  । बुढानिलकण्ठ-०३ मा अवस्थित बुढानिलकण्ठ पार्टी प्यालेसमा सो कार्यक्रम आयोजना गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।