तीन मुक्तक : सुशील आचार्य

तीन मुक्तक : सुशील आचार्य

कपन अनलाइन
काठमाडौं, जेठ १९।

जब धानको बिउ छरि राम्रो सप्रन्छ
खुशी भई कृषकले रोपाँई गर्छ
तर के पो गर्नु हजुर दैबको त्यो लिला
समयमै बर्षा नभए पर्नु पिर पर्छ

हामी धेरै मानिसले कृषिको काम गर्छौं
बालिनाली जोगाउँन सधै अघि सर्छौ
तर के पो गर्नु हजुर बैज्ञानीक खेती
गर्न नजानेर कति अलमल पर्छौ

आहा कति मिठो हुन्छ दुध अनि दहि
ढिडो संग मोई खान पाए अझ सहि
घरमै पाल्या दुहुनो गाई अनि लैनो भैसी
चौरमा लगी चराउनु अति खुशी भई।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।