पत्रकार बुढाथोकीको घरमा खानतलासीप्रति आयोगको ध्याकर्षण

काठमाडौँ, २  भदौ । राष्ट्रिय मानव अधिकार आयोगले समाचार प्रकाशनको विषयलाई लिएर ‘साँघु’ साप्ताहिक पत्रिकाका सम्पादक गोपाल बुढाथोकीको घरमा प्रहरीले जर्बजस्ती खानतलासी गरी परिवारका सदस्यलाई मानसिक पीडा दिने, भयभित पार्नेे कार्य गरेकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Gopal-Budhathoki

आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले आज एक प्रेस विज्ञप्ति जारी गरी समाचार लेखेकै आधारमा कसैलाई पनि पक्राउ गर्ने अधिकार कुनै पनि कानुनले प्रदान नगरेकाले यस्तो कार्य प्रेस स्वतन्त्रता, संवैधानिक मूल्य र मान्यता तथा लोकतान्त्रिक परिपाटीको मर्म र भावना विपरीत भएको जनाउनुभएको छ ।

आयोगले यस्तो अवस्थामा व्यक्तिगत आचारणको विषयलाई सार्वजनिक विषय बनाई गलत कानुन र क्षेत्राधिकार प्रयोग गरी कुनै पनि कार्य नगर्न, नगराउन सरकार र प्रहरी प्रशासनलाई समेत स्मरण गराएको छ ।

पत्रकार बुढाथोकीविरुद्ध चालिएको कदमले व्यक्तिगत सुरक्षा, गोपनीयता, मानवीय मर्यादाको सम्मान नगरिएको देखिंदा त्यस्तो कार्य नगर्न आयोग सम्बन्धित निकायको ध्यानाकर्षण छ । विज्ञप्तिमा सोही विषय लिएर आयोगले आजै नेपाल प्रहरीलाई लिखित जानकारी माग गरी पत्राचारसमेत गरेको छ ।

तपाइँको प्रतिक्रिया ।