दुबइ पुगेर सम्झिए मोदीले नेपाललाई हेर्नुहोस् भिडियो

दुबइ पुगेर सम्झिए  मोदीले नेपाललाई  हेर्नुहोस् भिडियो

पटक पटक नेपालि समस्याहरु माथि बोल्दै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीले आफ्नो दुवइ भ्रमणका क्रममा समेत नेपाललाई विशेषरुपमा सम्झिएका छन् । दुबई क्रिकेट रंगशालामा भारतीय समुदायले गरेको स्वागत कार्यक्रमलाई संबोधन गर्दै उनले नेपाल दुखी हुँदा भारतीयहरु सुखी हुनु कदापी सम्भव नहुने बताएका हुन् ।

उनले भुकम्पको समयमा भारतले सबैभन्दा पहिलो सहयोग र उद्दारको कदम चालेको भन्दै भारतीयहरु नेपाल आएर नेपालीको सेवामा लागेको र यो सेवा अहिले पनि जारी रहेको बताए ।

उनले नेपाल पुग्न भारतीय राजधानीबाट ७० मिनेट पनि नलाग्ने भन्दै १७ वर्ष सम्म भारतीय प्रधानमन्त्रीले नेपाल नेटेक्नु दुःखको कुरा भएको बताए । उनले भारत र नेपाल सुख दुखको साथी रहेको भन्दै आफू त्यही दुःख सुख साट्न नेपाल जाने गरेको बताए ।

भिडियो हेर्नुस्

तपाइँको प्रतिक्रिया ।