SEE परिक्षामा ४ जिपिए ल्याउने विद्यालयलाई ५ र विद्यार्थीलाई १ लाख दिनेछौ : मिठाराम अधिकारी

SEE परिक्षामा ४ जिपिए ल्याउने विद्यालयलाई ५ र विद्यार्थीलाई १ लाख दिनेछौ : मिठाराम अधिकारी

कपन अनलाइन

काठमाण्डौ,जेष्ठ ९।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले SEE परिक्षामा ४ जिपिए ल्याउने विद्यालयलाई  ५ लाख र विद्यार्थीलाई १ लाख रुपैया प्रोहोत्सान प्रदान गर्ने घोषणा गरेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ,पैयाटारमा रहेको यज्ञमति मावि व्यवस्थापन समितीका अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा भएको अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम बोल्दै प्रमुख अधिकारीले नगरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले ४ जिपिए ल्याएमा सो प्रोहोत्सान प्रदान गर्ने बताएका हुन्।

कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थीले ४ जिपिए ल्याएमा २५ हजार प्रदान गरिने जानकारी दिदै नगरले  करिव १० हजार विद्यार्थीहरुलाई दैनिक निशुल्क खाजा उपलव्ध गराउनुका साथै पूर्वाधार विकासमा पनि जोड दिएको बताएका छन।

नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंह, सामाजिक विकास समितीकी संयोजक शान्ता ढकाल पुडासैनी, वडा नं ११ का सदस्य समर गुरुङ, सदस्य शर्मिला गौतम केसी, गङ्गा परियार, विद्यालयलाई विभिन्न सहयोग प्रदान आएकी निङ्गमा लामा, व्यवस्थापन समिती सदस्यहरु रवी प्रसाद पौडेल, कल्पना भण्डारी, तारा रानाभाट,हरिभक्त गिरी,पार्वती अधिकारी,अधिवक्ता सन्तोष भण्डारी लगायतको उपस्थितिमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए।

तपाइँको प्रतिक्रिया ।