नेकपा एमाले शंखरापुर नगर कमिटीको अधिवेसन जेष्ठ १२ गते हुने

नेकपा एमाले शंखरापुर नगर कमिटीको अधिवेसन जेष्ठ १२ गते हुने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ९।

नेकपा एमाले शंखरापुर नगर कमिटीको अधिवेसन जेष्ठ १२ गते हुने भएको छ। नगर पालिकाका ९ वटै वडाहरुबाट प्रतिनिधि चयन सम्पन्न गरेको नेकपा एमाले शंखरापुर नगर कमिटीले प्रचार प्रसारको कामलाई तीव्रता दिएको छ।

शंखरापुर नगरपालिका वडा नं मा ७ मा रहेको भक्ति ब्याम्बो कटेजमा हुने नगर अधिवेसन उद्घाटन समारोहमा नगरका विभिन्न वडाहरुबाट नेता कार्यकर्ता सहित नगरवासीहरुको सहभागिता रहनेछ।

नेकपा एमालेकी उपाध्यक्ष अस्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा हुने सो अधिवेसनको तयारी अन्तिम चरणमा रहेको जानकारी दिदै कमिटीका उपसचिव प्रेम प्रकाश प्रजापतिले सहभागिताका लागि सबै नगरवासीहरुलाई अनुरोध गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।