मन : कुमार काफ्ले (लघुकथा)
कपन अनलाइनकाठमाण्डौ , बैशाख ३१।
प्रेममा परिवार बाधक बनेपछि रुपेश र सरिताले भागी विवाह गरे । जिन्दगी खुशीसाथ चलिरहेको थियोे ।
केही महिनापछि रुपेश हप्ता पन्ध्रमा एक दुई दिन अबेला कोठामा आउन थाल्यो ।
‘आज किन ढिला आउनु भयो ? के काम थियोे ?’ कुरेर बसेकी श्रीमतीको सोधनी हुन्थ्यो ।
‘होइन, साथीभाइसँग रमाइलो गर्ने कार्यक्रम थियोे …….. ।’ स्पष्टीकरण पेश गथ्र्यो ऊ ।
यस्तो क्रम बेलाबखत चलि नै रहन्थ्यो ।
यतिसम्म भयो कि रुपेश कहिलेकाहीँ राति पनि कोठामा आउदैँनथ्यो । सरिता प्रतीक्षामै रात कटाइदिन्थी ।
सम्बन्धमा एक किसिमको दरार पैदा भएको थियोे । चुईङगम् झैँ सम्बन्ध शुरुमा गुलियो, रसिलो र बिस्तारै खल्लो, निरश हुन थालेको थियोे ।
प्रतीक्षा र स्पष्टीकरण लामो समय चलिसकेपछि सरिता वाक्क भइसकेकी थिई । रुपेश पनि सकेसम्म पन्छिनै जाति ठान्थ्यो । ऊ बिन्दास पारामा थियोे । घरमा सुशील श्रीमती, बाहिर रामरौस र रमाइलो ।
तर जिन्दगीरुपी रथ यसरी चल्ला जस्तो लागेन सरितालाई ।
रुपेशले सोचेजस्तो भएन । श्रीमतीको दिनकै कचकच र खनखन सहिनसक्नु हुन थाल्यो उसलाई । ‘कति कचकच गरेकी तिमी ? यसो कहिलेकाहीँ मन बहलाउन पनि नपाइने ?’
‘के रे के रे ! मन बहलाउन रातभरि बाहिरै बस्नुपर्छ हो ?’ सरिताको पारो तातेको थियोे ।
‘अनि घरमै बसेर त कहाँ रमाइलो हुन्छ त ? सधैँ एउटै ठाउँ, एउटै अनुहार … फेरि सधैँ हो र ?’ कारण र सफाइ पेश ग¥यो उसले ।
सरिताले लामो श्वास तानी र भनी ‘ए, ल ठीक छ; मेरो पनि मनै त हो ! रमाइलो गर्न अनि मन बहलाउन मलाई चाँहि मन लाग्दैन ? अबदेखि म पनि कहिलेकाहीँ मन बहलाउन जान्छु ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।