यथार्थमाथी चार मुक्तक : नवशिला

यथार्थमाथी चार मुक्तक : नवशिला

कपन अनलाइन

काठमाण्डौ,बैशाख २२।

संसारमा नै शान्ती हुनुपर्छ भाइचारा हुनुपर्छ,
एक अर्काको आँट भरोषा साहारा हुनुपर्छ,
गर्नु हुन्न कसैले नि युद्द र लडाइ कसैसँग,
सबै मिलि अघी बढ्ने एकताको नारा हुनुपर्छ ।।१।।

साहास जुटाएर हरदम हिम्मत जगाउनु पर्छ,
भय अनि डरलाई अब टाढा भगाउनु पर्छ,
अठोट बोकेर लक्ष्य चुम्न तयार बन्नुछ सधैँ,
चुनौतीहरू आए भने सहजै पार लगाउनु पर्छ ।।२।।

अलिकति घर अलिकति डेरा नै हो जिन्दगी,
कमलो बाँसले बारेको यो बेरानै हो जिन्दगी,
कहिले निस्किएर जान्छ शरिरबाट यो सास,
माया र मोह बिचको चौघेरा नै हो जिन्दगी ।३।

कसरी बाँच्ने होला हरदम यो जीन्दगी हारेर,
हृदय भरि पिर ब्यथा र चिन्तालाई उमारेर,
किन मलाई मात्र यसरी दशाले घेरिरहन्छ,
सुख खै कहाँ मिल्छ र जाउँ म बसाइ सारेर ।४।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।