बालज्ञान : सुशील आचार्य (कविता )

बालज्ञान : सुशील आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ,बैशाख २२।

साना बाबु नानीले धेरै लेखपढ गरेर
उन्नती र प्रगतीमा सधै अघि बढेर
आफ्नो भाग्य आफैले समयमै कोरेर
समस्याको पहाडलाई एक एक गर्दै फोरेर ।

अघि अघि बढ है राम्रो संग पढेर
देशको मुहार फेरिन्छ तिमीले नै गरेर
गाउँ सहर टोलको बिकास तिमीले नै गर्ने हो
हामी बाटो देखाउँछौं तिमी अघि सर्ने हो

सहयोग चाहिए हातमा हात मिलाई
हामी भर दिनेँछौं है सधै खुशी दिलाई
ल है बाबु नानी हो समय छ अमुल्य
अब यसलाई खेर फाली नगर्नु है भूल ।

सधँै स्कुल गएमा भविश्य नी छ राम्रो
आशिर्वाद तिमीलाई यहि नै हो है हाम्रो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।