नयाँ वर्ष : माया बस्नेत थापा (कविता )

नयाँ वर्ष : माया बस्नेत थापा (कविता )

कपन अनलाइन

काठमाण्डौ,बैशाख २२।

प्रकृति सँगै सानिध्यता गाँस्दै आउँछ नयाँ वर्ष,
प्रकृतिकै छत्र–छायामा मस्त रमाउँछ नयाँ वर्ष ।।
मन र मनहरुको प्यासलाई मेटाउँछ नयाँ वर्ष,
हिउँदे पिडा बिर्साउँदै उषा ल्याउँछ नयाँ वर्ष ।।

कोकिल कण्ठे पँक्षी स्वरले उमंगित हुँदा तनहरु,
सप्त रंगी फुलहरुले सुन्दर सिंगार्दछन मनहरु ।।
पाखा पखेरामा फुलहरुले मग–मग हुँदा वनहरु,
लाग्दछ मलाई जँगल झैं उन्मत्त छन यौवनहरु ।।

पहेंलै पाकेका बालिहरुले जगाउँदा पेटमा भोक,
नयाँ नयाँ उर्जा उम्लेर आई बिर्साइदिन्छ शोक ।।
हिलोमैलो बिहिन पृथ्वी वशन्त बन्यो प्रकाशमय,
सङ्लिदा खोलानाला रंगियो मन भयो आकाशमय ।।

कति अधुरा कामहरु थालिनेछन सँघर्ष सँगै,
चुमिनेछन सफल्ताका शिखर नयाँवर्ष सँगै ।।
खुशी फुल्दछ धर्ममा र दया जाग्दछ मर्ममा,
हुन्छन ति सफल जो गर्छन विश्वास कर्ममा ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।