स्वस्थ जिन्दगी : छायादत्त न्यौपाने बगर (कविता )

स्वस्थ जिन्दगी : छायादत्त न्यौपाने बगर (कविता )

कपन अनलाइन

काठमाण्डौ,बैशाख २२।

उपचारमा तल्लीन छ मान्छे
तनको जख्मी भरिया जिन्दगी !
कतिखेर भोकाउँछ ? पत्तो हुन्न
कतिखेर रोगाउँछ ? ठेगान हुन्न
कतिखेर निदाउँछ ? टुङ्गो हुन्न
कतिखेर बिउँझेर हिँड्छ ? मतलब हुन्न
कतिखेर कहाँ पुग्छ ? थाहै हुन्न
कतिखेर केमा ठोक्किन्छ भरै हुन्न
तर चेतनाको दैलो उघारी
उत्साहका पखेटाले जाँगर बटुलेर
बेथितिहरू उधिन्दै उधिन्दै
सङ्घर्षले चिल्लिएर सुसङ्गत भई
उज्यालो गन्तव्य भेट्ने रहर पूरा गर्न
हरम उद्यत अनि स्वस्थ बाँच्नुपर्छ मान्छे
अभावमुक्त स्वच्छ स्वस्थ समाज नभेटेसम्म
नथाक्ने अठोट बोकेको नैतिक पथ हिँडेर
छलछाम जित्ने विश्वासमा एकसुरे दौडको
निरन्तर अभ्यासले समताको भञ्ज्याङ
पछ्याइरहने यो कर्मशील जिन्दगीले
दुष्ट कसिङ्गर बढारेर फराकिलो बाटो हुँदै
स्वच्छ हृदयमा अटाउनु छ मान्छे ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।