नयाँ वर्ष : बन्दना पौडेल (कविता )

नयाँ वर्ष : बन्दना पौडेल (कविता )

कपन अनलाइन

काठमाण्डौ,बैशाख २२।

उमङ्गको बहार बोकी आओस् नयाँ वर्ष ।
सद्बुद्धि र सद्मार्गले छाओस् नयाँ वर्ष ।।

मनको पीडा व्यथाजति सबको हटाएर ।
सबको मुहार खुसीका साथ छाओस् नयाँ वर्ष ।।

कोरोनाको यो कहरलाई निर्मुल यहाँ पार्दै ।
सुख शान्ति सद्बुद्धिले छाओस् नयाँ वर्ष ।।

हिजो भाका मनमुटाव र ती द्वन्द्वलाई मासी ।
एकापसमा आत्मीयता छाओस् नयाँ वर्ष ।।

अन्याय र अत्याचारका ती प्रहरलाई मासी ।
सबको मनमा हाँसो छरी आओस् नयाँ वर्ष ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।