म बाँदर भए तिमी बादर्नी : वाशिष्ठ (कविता )

म बाँदर भए तिमी बादर्नी : वाशिष्ठ (कविता )

कपन अनलाइन

काठमाण्डौ,बैशाख २२।

ओ बेनामे सोल्टीनी
तिमी आपूmलाई
के सझिन्छ्यौँ
यो संसारको सुन्दरी ।।

सुन्दरीको खास अर्थ थाहा छ ?
थाहा छैन भने कान खोलेर सुन
सुन्दरीको अर्को नाम हो बादर्नी ।।

त्यसैले त तिमीले
मलाई हाकाहाकी बाँदर भन्यौ
मलाई आजसम्म मेरा आमा बाबाले
तँ भनेका छैनन् ।।

तर तिमीले बाँदर भन्ने आँट गरेऊ
मैले पनि सोल्टिनीलाई सुन्दरी भने
म सुन्दर छैन सुन्दरताको मात
तिमीलाई नै चढ्यो ।।

तर तिमीलाई म जस्ता कुरुप बाँदर सँगै
जोडा मिलाउन मन लाग्यो
आउ सुन्दरी सोल्टिनी
अब तिम्रो सुन्दरताको घमण्ड नगर ।।

आज तिम्रो जन्म दिन पनि
नयाँ योजना उत्साह उमङ्ग लिएर
मनका क्लेस कल्मस फालेर
आउ न्यानो हात मिलाउँ
गला मिलाउँ ।।

आखिर म बाँदर भए तिमी बाँदर्नी
बाँदर बाँदर्नीको जोडा मिलाऔँ
नयाँ जीन्दगीको
नयाँ जीवनको सुरुवात गरौँ ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।