केही मुक्तकहरू : सानुराजा श्रेष्ठ ‘अञ्जान’

केही मुक्तकहरू : सानुराजा श्रेष्ठ ‘अञ्जान’

कपन अनलाइन

काठमाडौं , बैशाख १५।

जित्न र हार्नलाई आएको हैन मान्छे
हीरा र पत्थरमा छाएको हैन मान्छे
मेरो र मायाको भ्रममा नपर्नु मान्छे –
नलाई प्रेम कृष्ण पाएको हैन मान्छे …

न सोध्यौ तिमीले, न सोधें मैले
कसरी कुन वाचा तोडें मैले
अङ्गालेर सधैँसधैँ राख्न चाहेथें
कुन बाटोको घुम्तीमा छोडेँ मैले …?

केही कहर तिमीमा छायो
केही लहर ममा छायो
समयसीमा न हो जीवन –
वर्तमानको जहर हामीमा छायो

मुस्कान हैन जीवनमा अब केही छैन,
जो विना चल्दैन जीवन, अब त्यही छैन,
चिरेर छाती किन के देखाउँ अब –
हाँसो खुशी हर्ष, अब केही छैन,

तिम्रैलागि अलिकति दुःख बोकेर हिँडेको छु
नसानसामा तिम्रै ढुकढुकी छोपेर हिँडेको छु
आलोआलो नै छन् घाउ खतहरू यहाँ –
आफैलाई आज छुरी रोपेर हिँडेको छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।