भोलि बुढानीलकण्ठ नगर अस्पताल उद्घाटनका लागि केपी ओली कपन आउने

भोलि बुढानीलकण्ठ नगर अस्पताल उद्घाटनका लागि केपी ओली कपन आउने

कपन अनलाइन

काठमाण्डौ,चैत ३०।

बुढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालको उद्घाटन हुने भएको छ । पूर्व प्रधानमन्त्री के.पि शर्मा ओलीको प्रमुख आतिथ्यतामा नगर अस्पतालको उद्घाटन हुने भएको हो ।

२०८१ बैशाख १ गतेको अवसर पारी ‘बुढानीलकण्ठ नगर अस्पताल’ को समुद्घाटन तथा ‘नयाँवर्ष २०८१ को शुभकामना आदानप्रदान’ कार्यक्रम हुने भएको हुँदा सम्पुर्ण नगरवासीहरुलाई नगरपालिकाले निमन्त्रणा गरेको छ ।

नगर अस्पतालबाट हालका लागि ओ.पि.डि. सेवा सुरु हुनेछ भने करिव १५ शैयासम्मको सेवा तयारीकै क्रममा रहेको र सुरुवात चाँढैनै गरिने जानकारी प्राप्त भएको छ।

 

तपाइँको प्रतिक्रिया ।