ज्ञान प्रकाश एकेडेमीको १८औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

ज्ञान प्रकाश एकेडेमीको १८औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

कपन अनलाइन

काठमाण्डौ,चैत २५।

बुढानिलकण्ठ नगरपालिका वडा नं  ११ मा रहेको  ज्ञान प्रकाश एकेडेमीको १८औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख अतिथ्यता रहेको  उक्त वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा  एस.इ.इ परीक्षा मा सहभागी विद्यार्थीहरूलाई सफलताको शुभकामना सहित   विद्यार्थीहरूद्वारा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम मिश्रले जानकारी दिएका छन।

चम्पादेवी गाउँ पालिकाका अध्यक्ष नवराज केसी, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारी, बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष तथा प्रवक्ता नवराज भट्टराई लगायतको उपस्थिति रहेको सो कार्यक्रममा  लोकगायक सरोज लामिछाने र हास्य कलाकार तथा जादुगर शेरबहादुर गुरुङको विशेष प्रस्तुतिहरु रहेका थिए।

साहित्यको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएका कपन बानेश्वर साहित्यिक साप्ताहिकका सम्पादक निवन्ध आचार्य र साहित्यकार रामकुमार पण्डितलाई सम्मान गरिएको सो अभिभावक दिवसमा विद्यालयका प्रिन्सिपल मुरारी चालिसेले स्वागत मन्तव्य राखेका थिए।

सो कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारीको हातबाट  भाग्यशाली ड्र गराईविभिन्न व्यक्तिहरुलाई पुरस्कृत समेत गरिएको प्रिन्सिपल चालिसेले जानकरी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।