ग्लोरी बचत तथा ऋण सहकारी संस्थको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

ग्लोरी बचत तथा ऋण सहकारी संस्थको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ,चैत २५।

ग्लोरी बचत तथा ऋण सहकारी संस्थको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको सो सहकारी संस्थाले सहकारी दिवस र नयाँ वर्ष २०८१ को अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।

रगतको अभाव भैरहेको अवस्थामा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न क्षेत्रका ५० जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष राजकाजी श्रेष्ठले जानकारी दिएका छन।

ग्लोरी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्ने अभियानमा विभिन्न रचनात्मक र सामाजिक कार्यक्रमहरु निरन्तर गर्दै आएको छ ।

सहकारीको सिदान्त र सदस्यहरुको हितलाई केन्द्रमा राखेर संस्थाले आफ्ना गतिविधिहरु अगाडी बढाएको बताउदै संस्थाका प्रवन्धक जनक थापाले कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।

 

तपाइँको प्रतिक्रिया ।