भव्य बन्यो नेकपा एमाले बुढानिलकण्ठको उद्घाटन सत्र, नेतृत्वमा निर्वाचनको सम्भावना उच्च

भव्य बन्यो नेकपा एमाले बुढानिलकण्ठको उद्घाटन सत्र, नेतृत्वमा निर्वाचनको सम्भावना उच्च

कपन अनलाइन

काठमाण्डौ,चैत १७।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको दोश्रो अधिवेसन उद्घाटन सत्र भव्य बनेको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन ह्यान्ड बल मैदानमा भएको उद्घाटन सत्रमा व्यापक उपस्थिति रहेको थियो।

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यता तथा कमिटीका अध्यक्ष प्रदिप डंगोलको अध्यक्षतामा भएको सो उद्घाटन सत्रमा स्थायी कमिटी सदस्य डा. राजन भट्टराई,पोलिटब्युरो सदस्य कृष्ण राई ,धर्मदत्त देवकोटा, केन्द्रीय सदस्य तथा नगर इन्चार्ज सरिता न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

आज हुने दोश्रो अधिवेसनको बन्द सत्रमा नेकपा एमाले बुढानिलकण्ठले नेतृत्व चयन गर्नेछ ।अध्यक्ष पदका लागि तिन जना मैदानमा रहेको अवस्थामा नेतृत्व चयनका लागि निर्वाचन हुने सम्भावना उच्च रहेको चर्चा हुन् थालेको छ।

बुढानिलकण्ठमा रहेका नेता हरुले विभिन्न उम्मेदवारहरुको पक्षमा लबिङ्गलाई तीव्र बनाए संगै निर्वाचन हुने सम्भावना बढेको हो । नेकपा एमाले बुढानिलकण्ठको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष प्रदिप डंगोल ,सचिव श्री कृष्ण श्रेष्ठ र पुराना नेता धुर्व भट्टराई मैदानमा रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।