नेकपा एमाले बुढानिलकण्ठको उपसचिवमा रवीन्द्र थापा (रवी )को सम्भावना बढेको अनुमान ……..

नेकपा एमाले बुढानिलकण्ठको उपसचिवमा रवीन्द्र थापा (रवी )को सम्भावना बढेको अनुमान ……..

कपन अनलाइन

काठमाण्डौ,चैत १६।

नेकपा एमाले बुढानिलकण्ठको उपसचिवमा रवीन्द्र थापा (रवी ) को सम्भावना बढेको अनुमान गरिएको छ। चैत १७ गते सनिवार हुने नगर कमिटीको उपसचिवमा दावी गरेका थापा उद्घाटन सत्रमा निकै सक्रिय देखिएका थिए।

नगर कमिटीको दोश्रो अधिवेसनमा स्वयंसेवक उपसमितिको संयोजक रहेका थापाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा प्रचार प्रसार समितीको सह संयोजकको भूमिकामा रहेका थिए।

तत्कालिन प्रजातान्त्रिक रास्ट्रीय युवा संघ नेपाल महाँकाल गाउँ कमिटीको अध्यक्षका रुपमा औपचारिक पार्टी जीवन सुरु गरेका थापाले काठमाण्डौ क्षेत्र नं ४ को सदस्य समेत रहेका थिए।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटको सचिवालय सदस्य रहेका थापा २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक महाँकाल गाउँ विकास समिती वडा नं २ को सदस्यमा निर्वाचित भएका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० कपन ह्यान्डबल मैदानमा भएको दोश्रो नगर अधिवेसनको उदघाटन सत्रको भव्य र व्यवस्थित बनाउन संयोजन गरेका थापाको सम्भावना बढेको चर्चा कार्यक्रम स्थलमा चलेको थियो।

२३ वर्षको उमेरमा वडा सदस्य बनेका थापा काठमाण्डौको उत्तरपूर्वी भेगमा कम्युनिस्ट आन्दोलनका संस्थापक अभियन्ता मध्येका एक खड्ग बहादुर थापा ( लेनिन हरी ) का जेष्ठ पुत्र हुन्।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।