नेकपा एमाले बुढानिलकण्ठको उपाध्यक्षमा विक्रम केसीले दावी गर्ने ….

नेकपा एमाले बुढानिलकण्ठको उपाध्यक्षमा विक्रम केसीले दावी गर्ने ….

कपन अनलाइन

काठमाण्डौ,चैत १६।

नेकपा एमाले बुढानिलकण्ठको उपाध्यक्षमा विक्रम केसी (कृष्ण बहादुर खत्री ) ले दावी गर्ने भएका छन।

केसीले  चैत १७ गते भोलि हुने नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको बन्द सत्रमा नगर कमिटीको उपाध्यक्षमा दावी गर्ने तयारी गरेको बताएका छन।

चार दशक भन्दा बढी समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका केसीले नगर कमिटीको उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी गरे संगै छलफल र परामर्शलाई तीव्रता दिएका छन।

साविक कपन गाउँकमिटीमा सदस्य हुदै उपाध्यक्ष पदको जिम्मेवारी बहन गरेका केसीले नगर कमिटी सदस्यका रुपमा पनि विभिन्न जिम्मेवारी बहन गर्दै आएका छन ।

नगर कमिटी अन्तर्गतका वडा अधिवेसनहरुमा निकै सक्रिय रहेका केसी बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा बसोवास गर्दै आएका छन।

 

तपाइँको प्रतिक्रिया ।