नेकपा एमाले बुढानिलकण्ठको सचिवमा तिन जनाको दावेदारी, को को छन ?

नेकपा एमाले बुढानिलकण्ठको सचिवमा तिन जनाको दावेदारी, को को छन ?

कपन अनलाइन

काठमाण्डौ,चैत १६।

चैत १७ गते हुने नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको अधिवेसनमा सचिव पदको लागि तिन जानले दावेदारी प्रस्तुत गरेका छन।

नगर कमिटीको दोश्रो अधिवेसनको नेतृत्व चयनको प्रयास भैरहेको समयमा तिन जनाले सचिवमा दावेदारी प्रस्तुत गरे संगै रोमान्चक प्रतिस्पर्धा हुने देखिएको छ।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सचिवमा वडा नं २ का राजेन्द्र खड्का ,वडा नं १० का दिल कुमारी बिक र वडा नम १२ का सिपि आचार्यले दावेदारी प्रस्तुत गरेका छन।

खड्का बुढानिलकण्ठ नगर पालिका वडा नं २ का पुर्व अध्यक्ष हुन् भने बिक २०७४ र २०७९ सालमा वडा नं १० को सदस्यमा निर्वाचित भएकी थिइन् । वडा नं १२ का आचार्य हाल जिल्ला कानुन विभागका सचिव रहेका छन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।