नेकपा एमाले बुढानिलकण्ठको उपाध्यक्षमा हालसम्म सुरेन्द्र लामाको मात्र दावी …

नेकपा एमाले बुढानिलकण्ठको उपाध्यक्षमा हालसम्म सुरेन्द्र लामाको मात्र दावी …

कपन अनलाइन

काठमाण्डौ,चैत १६।

नेकपा एमाले बुढानिलकण्ठको उपाध्यक्षमा हालसम्म सुरेन्द्र लामाको मात्र दावी देखिएको छ। चैत १६ र १७ गते हुने नगर अधिवेसनको खुल्ला सत्रको तयारी अन्ति चरणमा रहेको समयमा लामा बाहेक अन्य कुनै पनि नेताले उपाध्यक्ष पदमा दावेदारी गरेका छैनन।

अध्यक्ष र सचिव पदमा तिन तिन जनाको दावी रहेको अवस्थामा उपाध्यक्ष पदमा भने लामाको मात्र दावेदारी देखिदा नेकपा एमाले बुढानिलकण्ठको राजनीतिक माहोल निकै रोचक बनेको छ ।

२०७४ र २०७९ सालमा भएको  स्थानीय तहको निर्वाचनमा  बुढानिलकण्ठ नगरपालिका वडा नं १ को अध्यक्षमा निर्वाचित भएका लामा लामो समयदेखि नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेका थिए।

बुढानिलकण्ठ नगरपालिका पूर्वाधार विकास समितीका संयोजक समेत रहेका लामाले साविक चपली गाउँ कमिटी अध्यक्ष ,वडा कमिटी अध्यक्ष सहित नगर कमिटी सदस्यका रुपमा पनि योगदान दिएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।