नेकपा एमाले बुढानिलकण्ठमा अध्यक्ष पदको दावीबाट पछि नहट्ने अडानमा धुर्व भट्टराई

नेकपा एमाले बुढानिलकण्ठमा अध्यक्ष पदको दावीबाट पछि नहट्ने अडानमा धुर्व भट्टराई

कपन अनलाइन

काठमाण्डौ,चैत १६।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको अध्यक्ष पदमा दावी गर्दै प्रचार र परामर्श लाई आगाडी बढाएका धुर्व भट्टराईले कुनै पनि हालतमा पछाडी नहट्ने अडान दोहोराएका छन।

पचासको दशकमा नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ७ को सह सचिव रहेर निर्वाचन परिचालनमा सक्रिय रहेका भट्टराई विविध कारण देखाउदै पछाडी पारिएका नेता मध्येमा पर्ने एक क्षेत्रीय सदस्यले बताएका छन।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को क्षेत्रीय सदस्यमा निर्वाचित भएर वडा इन्चार्जको जिम्मेवारी बहन गरिसकेका भट्टराई  बुढानिलकण्ठ नगर कमिटीको सदस्य तथा वडा नं १० को इन्चार्ज समेत रहिसकेका छन ।

हाल सम्म नेकपा एमालेमा देखिएको विभाजन र विवादमा सधै पार्टी संस्थापनको पक्षमा उभीएको इतिहासको कदर यस पटक हुने विस्वास रहेको बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।