प्रथम ग्रील तथा स्टील व्यवसायी सेभेन ए साईड फुटबल प्रतियोगिता हुने

प्रथम ग्रील तथा स्टील व्यवसायी सेभेन ए साईड फुटबल प्रतियोगिता हुने

कपन अनलाइन
काठमाडौं, चैत १२।

ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रिय समितिको आयोजनामा प्रथम ग्रील तथा स्टील व्यवसायी सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिता आगामी चैत १४ र १५ गते काठमाडौंको बू.न.पा. १२ मा अवस्थित कपअन स्पोर्ट्स सेन्टरमा हुनेछ । प्रतियोगितामा ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं मातहतमा रहेका १४ वटा इकाई समिति, दुई वटा क्षेत्रिय समिति, काठमाडौं जिल्ला समिति र ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको सहभागिता रहने ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रिय समितिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले जानकारी दिएका छन  ।
सधै काममै व्यस्त रहने व्यवसायीहरुको सुख र दुःख आदानप्रदान गर्ने अवसरका रुपमा मैत्रीपूर्ण फुटबल प्रतियोगितालाई लिइएको उहाँको भनाई छ। प्रतियोगितामा १५ टिम सहभागि हुनेछन र नकआउटको आधारमा खेल खेलाइने जानकारी गराएका छन  ।

तपाइँको प्रतिक्रिया ।