नेकपा एमाले बुढानिलकण्ठको उपसचिवमा प्यारी कुमारी शर्मा (कन्चन बास्तोला) को दावी हुने…

नेकपा एमाले बुढानिलकण्ठको उपसचिवमा प्यारी कुमारी शर्मा (कन्चन बास्तोला) को दावी हुने…

कपन अनलाइन
काठमाडौं, चैत १२।

नेकपा एमाले बुढानिलकण्ठको उपसचिवमा प्यारी कुमारी शर्मा (कन्चन बास्तोला) ले  दावी गर्ने बताएकी छन।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सदस्य रहेकी शर्माले चैत १६ र १७ गते हुने अधिवेसनमा उपसचिव पदमा उम्मेद्वारी दिने तयारी गरेको बताएकी छन।

अखिल नेपाल महिला संघ काठमाण्डौ जिल्ला कमिटी सदस्य रहेकी शर्मा नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को इन्चार्ज समेत हुन।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा वडा नं ११ को महिला सदस्यमा झिनो मतले पराजित भएकी उनले साविक कपन गाउँकमिटी सहित अनेम संघ क्षेत्रीय कमिटीमा दुई कार्यकाल योगदान दिएकी छन ।

 

तपाइँको प्रतिक्रिया ।