नेकपा एमाले बुढानिलकण्ठको उपसचिवमा एक दर्जन बढी आकांक्षीहरु, को को छन ?

नेकपा एमाले बुढानिलकण्ठको उपसचिवमा एक दर्जन बढी आकांक्षीहरु, को को छन ?

कपन अनलाइन
काठमाडौं,चैत १०।

चैत १६ र १७ गते हुने नेकपा एमालेको दोश्रो नगर अधिवेसनमा उपसचिव पदमा एक दर्जन बढी आकांक्षी देखिए पछि रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

हाल सम्म अध्यक्ष पदमा प्रदिप डंगोल र धुर्व भट्टराईले खुल्ला रुपमा तयारी गरेपनि उपाध्यक्ष र सचिव पदमा कसैले पनि औपचारिक रुपमा दावी गरेका छैनन। तर पनि उपसचिव पदका लागि भने एक दर्जन भन्दा बढी नेताहरुले आकांक्षा देखाएका छन।

को को छन आकांक्षीहरु ?    

नेकपा एमाले बुढानिलकण्ठको उपसचिव पदमा दावी गर्ने क्रममावडा नं ८ का रविन्द्र थापा (रवी ) र वडा नं २ का राजेन्द्र श्रेष्ठ अग्रपंक्तिमा रहेका छन भने वडा नं ५ का पुर्व अध्यक्ष विजय तामाङ पनि उपसचिवको दरिलो दावेदार हुनसक्ने अनुमान गरिएको छ।

त्यसै नगर कमिटीको उपसचिवमा वडा नं ८ का गोपाल डंगोल र कमल पुर्कुटी , वडा नं ९ का दिलिप थिङ्ग र मिना बिस्ट ,वडा नं १० का सावित्रा सिटौला , वडा नं ११ का भगवती निरौला , प्यारी कुमारी शर्मा र दिलिप थापा मगर पनि आकांक्षी देखिएका छन।

यसैगरी सो कमिटीको उपसचिवमा वडा नं १२ की सावित्रा ढकाल र वडा नं १३ की रिना श्रेष्ठ पनि आकांक्षी रहेको चर्चा एमाले वृतमा निकै चलेको छ।

अधिवेसनको मिति नजिकिए संगै पदाधिकारीमा दावेदारको शंख्या पनि बढ्ने देखिएको छ भने उपाध्यक्ष र सचिव पदमा पनि दावी गर्ने तयारीमा केहि नेताहरु रहेको श्रोतले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।