नेकपा एमाले बुढानिलकण्ठको उपसचिवमा राजेन्द्र श्रेष्ठको दावी रहने …

नेकपा एमाले बुढानिलकण्ठको उपसचिवमा राजेन्द्र श्रेष्ठको दावी रहने …

कपन अनलाइन
काठमाडौं,चैत १०।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको अस्सन्न दोश्रो अधिवेसनमा नेता राजेन्द्र श्रेष्ठले उपसचिव पदमा दावेदारी गर्ने तयारी गर्दै आन्तरिक छलफललाई व्यापक बनाएका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं २ को सदस्य र २०७९ सालको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित भएर जनप्रतिनिधिका रुपमा सक्रिय रहेका श्रेष्ठले चैत १६ र १७ गते हुने अधिवेशनमा उपसचिव पदको उम्मेदवार बन्ने तयारी गरेका हुन्।

लामो समयदेखि नेकपा एमालेको संगठन विस्तार र निर्माणमा सक्रिय रहेका श्रेष्ठ २०७४ मा वडा कमिटी सचिव र १०७९ मा अध्यक्षका रुपमा पनि क्रियाशील रहेका थिए।

पार्टी र स्थानीय सरकारको पुल बन्दै बुढानिलकण्ठ नगरपालिकाको विकास र नेकपा एमालेको विस्तारमा भूमिका निर्वाह गर्नका लागि आफुले दावी गरेको बताउदै श्रेष्ठले सबैले सहयोग गर्ने अपेक्षा समेत ब्यक्त गरेका छन ।

तपाइँको प्रतिक्रिया ।