पर्शुराम पोखरेल स्मृति प्रतिष्ठानद्वारा पुरस्कार घोषणा
कपन अनलाइन
काठमाडौं,चैत १०।
काठमाडौं,चैत १०।
बुढानिलकन्ठ नगरपालिका वडानं १२ मा रहेको पर्शुराम पोखरेल स्मृति प्रतिष्ठानले त्रि – ज्योति माविको सभाहलमाआयोजित कार्यक्रममा पुरस्कार घोषणा गरिएको छ।
शिक्षा सेवी स्वर्गीय पर्शुराम पोखरेलको स्मृतिमा आयोजित कार्यक्रममा उनको ब्यक्तित्त्व र योगदानका विषयमा अन्तरक्रिया गर्नुका साथै पुरस्कार घोषणा गरिएको हो।
प्रतिष्ठानका अध्यक्ष शम्भुहरि निरौलाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडाअध्यक्ष शम्भुप्रसाद भट्टराई थिए ।
प्रमुख संरक्षक रमा पोखरेल ,संरक्षक प्रयागराज भट्टराई ,सल्लाहकार रामकृष्ण के.सी.,उत्तम खड्का ,वसन्त कार्की , केशवप्रसाद दङाल,राजेश भट्टराई ,सीताराम भट्टराई ,शंकरराज न्यौपाने ,उपमा केसी ,जयराम चालिसे लगायतको उपस्थितिमा भएको कार्यक्रममा,प्रयागराज भट्टराई,रामकृष्ण केसी,केशवप्रसाद दङगाल, शंकरराज न्यौपाने ,उपमा केसी आदिले पोखरेलको योगदानको चर्चा गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख संरक्षक रमा पोख्रेलले शैक्षिक कार्यक्रम मार्फत भोलिको दिनमा पनि भूमिका खेल्न सकिनेविचार राख्दै वडा नं १०,११ र १२ मा रहेका सामुदायिक विध्यालयबाट उत्कृष्ट एक छात्र र छात्रा गरी दुई जनालाई रुपैयाँ २५ सयका दरले पुरस्कार प्रदान गर्ने घोषणा गरेकी थिइन् ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य बिमला चालिसेले राखेकी थिइन् भने संचालन गणेशकुमार मिश्रले गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।