यसपटक कपनको नेतृत्व मै हो,एकमत बनाएर नगरको नेतृत्व लिन्छु : धुर्व भट्टराई

यसपटक कपनको नेतृत्व मै हो,एकमत बनाएर नगरको नेतृत्व लिन्छु : धुर्व भट्टराई

कपन अनलाइन
काठमाडौं,चैत १०।

नेकपा एमाले बुढानिलकण्ठको नगर अधिवेसन नजिकिदै गर्दा अध्यक्ष पदका दावेदार धुर्व भट्टराईले आन्तरिक दौडधुपलाई निकै तीव्र बनाएका छन।

चैत १६ र १७  गते हुने नगर अधिवेसनमा अध्यक्ष पदको दावी गर्ने अभियानमा रहेका भट्टराईले निर्णायक कपन क्षेत्रलाई एकमत बनाएर आफु नगरको नेतृत्व लिने बताएका छन।

कपनका वडा नं १०,११ र १२ का पदाधिकारी तथा नेताहरुले आफुलाई दरिलो रुपमा उभिन र नेतृत्व लिन आन्तरिक रुपमा सल्लाह दिएको दावी गर्दै आएका उनले आफ्नो उम्मेद्वारीमा कपनलाई एक मत बन्न नैतिक दवाव समेत परेको बताउदै आएका छन।

२०४९ साल देखि प्रत्यक्ष रुपमा नेकपा एमालेको संगठन विस्तार र निर्माणमा सक्रिय रहेका भट्टराई पार्टी विभाजन र गुटगत प्रतिस्पर्धाको कठिन समयमा पनि संस्थापन पक्षको दरिलो पहरेदारका रुपमा उभिदै आएका छन।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का पुर्व सदस्य समेत रहेका भट्टराईले २०७४ सालको निर्वाचनमा सांघातिक हमलामा पर्दा समेत प्रचार र संगठन निर्माणमा सक्रियता देखाएका थिए।

काठमाण्डौ क्षेत्र नं ४ को राजनीतिक नेतृत्वमा रहेर विभिन्न संसदीय र राजकीय लाभ लिएका केहि नेताले निर्वाचन क्षेत्रीय मुद्दा उठाउदै नगर अधिवेसनलाई प्रभावित पार्न खोजेको अवस्थामा भट्टराईको उम्मेद्वारीले धेरैको सहानुभूति समेत बटुलेको चर्चा एमाले वृतमा व्यापक बनेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।