टन्सिल : शर्मा दीप (कविता )

टन्सिल : शर्मा दीप (कविता )

कपन अनलाइन
काठमाडौं,चैत १०।

प्यारो टन्सिल
कत्ति माया गर्छौ है मलाई,
तिम्रो र मेरो स्नेहको त बखान गरौ आउ,
अजम्बरी हाम्रो नाता गासिएछ,
नजानिदै भए पनि माया गासिएछ ।

फेब्रुअरी लागे सँगै घाटीबाट चढेर आयौ,
सदासर्वदा साथ दिने भ्यालेनटाइन बनेर आयौ ।
टनक– टनक गराउदै कत्ति माथी बढेर आयौ,
नाच्दै गाउदै रमाएर बलवान बनि गडेर आयौ ।

तिम्रो र मेरो सम्बन्ध अब अटुट भएछ,
तिम्रो लागी अन्तर्मन बाटै सलुट गएछ ।
कत्ति चोखो रहेछ तिम्रो माया मेरो मनलाई
फेभिकोल भन्दा पनि मजबुत तिम्रो टसाई ।

तातो पानीले हाम्रो सम्बन्ध तोड्न सकेन,
‘आराम’ सँग कहिल्यै नाता जोड्न सकेन ।
अरुको कुरा छोड मेरो प्यारो टन्सिल,
कुनै ओखतीले हाम्रो मिलन फोड्न सकेन ।

कल्पना गर्न भुलिसके अब मैले,
सम्झना गर्न तर्सिसके अब मैले ।
विना तिमी कुनै क्षण रहनेछैन अब
तिमीलाई छोडी कुनै पल बस्नेछैन अब ।

अब त लाग्छ,
तिमीले दिने पिडा नै मेरो सचित्र हो,
ओठमा हासो त छ नै, घाउ घाटी भित्र हो ।
देखिएको खुसी, मात्र काल्पनिक चित्र हो,
बढिरहने टन्सिल नै मेरो अभिन्न मित्र हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक

तपाइँको प्रतिक्रिया ।